शिक्षा ऐनको विरोधमा उत्रिए शिक्षक, आज स्थानीय तहमा धर्ना

टीकापुर- संसदमा प्रस्तुत नहुँदै चर्चामा आएको शिक्षा ऐनको विरोधमा देशैभरका शिक्षक संघ,संगठन आन्दोलनमा उत्रिएका छन् । सबै शिक्षक संघ,संगठनको साझा संस्था नेपाल शिक्षक महासंघको आयोजनामा देशैभरका ७५३ पालिकामा पालिकास्तरीय दबाब दिन धर्नामा उत्रिएका हुन् ।

आज बिहान ११ बजेबाट २ बजेसम्म सबै स्थानीय पालिकामा महासंघको अगुवाइमा धर्ना दिइएको नेपाल शिक्षक महासंघ टीकापुर नगर कमिटीका अध्यक्ष रघुनाथ उपाध्यायले बताए ।

Navadurga sun

सरकारले ल्याउन लागेको शिक्षा ऐनमा शिक्षकका सेवा सुविधा,सार्वजनिक विद्यालयको स्तरोन्नतिलगायत सरकारसँग पटकपटक भएका सम्झौता नसमेटिएको भन्दै महासंघ आन्दोलनमा उत्रिएको हो ।

‘शिक्षक संघ,संगठनसँग पटकपटकका सरकारले गरेका सम्झौताका बुँदाहरू शिक्षा ऐनको ड्राफ्टमा समावेश नभएर प्रतिनिधिसभामा लैजाने खोजेपछि आन्दोलनमा उत्रिएका हौं,’अध्यक्ष उपाध्यायले भने, ‘शिक्षकको सेवा सुविधामात्रै नभइ विद्यालयको स्तरोन्नति गर्ने मुद्दा समेत समावेश छैनन् ।’

उपाध्यायले शिक्षक आन्दोलनमा उत्रिए पनि पठनपाठन भने नियमित भइरहेको बताए । महासंघले यसपघि जिल्ला,प्रदेश र संघमा विरोधका कार्यक्रम गर्ने घोषणा गरेको छ ।

 

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...