लागुऔषध सहित ३ जना पक्राउ





कञ्चनपुर- कञ्चनपुरको बेलौरीमा लागुऔषध सहित ३ जना भारतिय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत जिल्ला लख्मिमपुर खिरी सम्पुणर्ानगर घर भएका २६ बर्षीय धर्मेन्द्र कुमार, २५बर्षीय शुभम भसिंन र ३० बर्षीय नितिन कुमार रहेका छन् ।



सोमबार साझँ युपी ३१ विएफ २४२७ नम्बरको मोटसाइकल प्रयोग गरेका उनीहरुको साथबाट ९ ग्राम ९ सय मिलिग्राम खैरो हेरोईन र नगद ४२ हजार ४ सय ६१ बरामद गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमल कुमार खड्काले बताए ।


नियन्त्रणमा लिइएको ३ जनाबारे थप अनुसन्धान भइरहेको निरीक्षक खड्काले बताए । यतिबेला नेपाल प्रहरी लागुऔषध कारोवारीको पत्ता साप गर्ने अभियानमा लागेको छ ।



