दुर्गा-दशरथ स्मृति प्रतिष्ठानद्धारा चुरे गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण

अत्तरिया- कैलालीको अत्तरियामा रहेको दुर्गा–दशरथ भट्ट स्मृति प्रतिष्ठानले चुरे गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । सोमबार एक कार्यक्रमबा बीच नेकपा एमालेका कर्णाली प्रदेश ईन्चार्ज एवम् प्रतिष्ठानका संरक्षक लेखराज भट्टले चुरे गाँउपालीकाका अध्यक्ष चक्र बोगटीलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

आमा बुवाको सम्झनामा नेकपा एमालेका सचिब भट्ट र नेकपा एमालेका गोदावरी नगर कमिटीका अध्यक्ष गोकर्ण भट्टका स्वर्गीय माता पिताको नाममा दुर्गा-दशरथ स्मृति प्रतिष्ठान खोलेका थिए । यस प्रतिष्ठानले सामाजिक क्षेत्रका बिभिन्न ठाउँमा सेवा दिने गरेको पाईन्छ ।

केही महिना पहिले भारतिय दूतावासले दुर्गा(दशरथ स्मृति प्रतिष्ठानलाई दूतावासको नियमित कार्यक्रम अनुसार एम्बुलेन्स उपहार स्वरुप दिएको थियो । उक्त एम्बुलेन्स सोमबार चुरे गाउपालीकालाई हस्तारण गरिएका छन्।

प्रतिष्ठानले एम्बुलेन्स चुरे गाउपालिका अध्यक्ष चक्र बोगटीलाई हस्तान्तरण गरेका हुन । हस्तान्तरण कार्यक्रमै बोल्दै चुरे गाउपालिका अध्यक्ष चक्र बोगटीले अब चुरेका दुर्गम बस्तीका बिरामीहरुलाई अस्पताल ल्याउन र लैजान सहज हुने बताए ।

कैलालीको दुर्गम पालिका हो,उनले भने । त्यस क्षेत्रको बिकासका लागि सबैको सहकार्य हुनु अहिलेको आवश्यक हो । यस्ता सहयोगका लागि अपिल पनि गर्दछौ ।

हामीले हिजोका दिनमा नेता चिन्न सकेनौ । को नेता चुरेका जनताको भावना बुझेको आज थाहा भयो । लेखराज व्यक्ति मात्र होईन् उनि यस क्षेत्रको बिकासको खम्बा पनि हुन् । किन हामीले लेखराज भट्टलाई हरायो भनेर ।,अहिले जनतालाई चिन्ता पनि परेको गाउपालिका अध्यक्ष बोगटी बताए । प्रतिष्ठानको कार्यालय पनि अत्तरियामा नै रहेको छ ।

 

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.