बालक बचाउन गएका किशोरको नहरमा डुबेर मृत्यु

धनगढी- कैलालीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर एक किशोरको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय लम्कीका अनुसार लम्कीचुहा नगरपालिका–६ तिल्काका १७ वर्षीय योगेश विष्टको मृत्यु भएको हो।

Ganyapdhura gau
Dadeldhura hospital

रानी जमरा कुलरिया सिँचाइ आयोजनाको पश्चिम नहरमा नुहाइरहेको अवस्थामा डुबिरहेका १० वर्षीय गणेश चलाउनेलाई बचाउन जाँदा डुबेर योगेशको ज्यान गएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

उनका अनुसार १० वर्षीय गणेशको ज्यान जोगिएको छ भने डुबिरहेकोलाई बचाउन गएका योगेशले भने आफूलाई जोगाउन असक्षम रहे। नहरमा उनी डुबेपछि सुरक्षाकर्मीसहित स्थानीय उद्धार कार्यमा खटेका थिए।

Loading...