डडेल्धुराबाट बन्दुकसहित भण्डारी पक्राउ

डडेल्धुरा- डडेल्धुराबाट बन्दुकसहित एक जना पक्राउ परेका छन्। जिल्लाको अजयमेरु गाउँपालिका वडा नम्बर ६ भण्डारी गाउँका ४२ वर्षीय वीरसिंह भण्डारीलाई एकनाले भरुवा बन्दुकसहित शनिवार बिहान प्रहरीले पक्राउ गरेको हो।

भण्डारीसँग ईजाजतपत्र नभएको उक्त बन्दुक रहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी देवलदिब्यपुरबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...