कञ्चनपुरमा लागु औषध सहित १ जना पक्राउ




कञ्चनपुर, ३१ जेठ- कञ्चनपुरको बेलौरीबाट लागु औषध सहित १ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी निरीक्षक कमल कुमार खड्काको कमान्डमा खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका वडा नं. ८ पचुई बस्ने ३० वर्षीय हरिकृष्ण रानालाई पक्राउ गरेको हो ।



आइतबार साँझ पचुई स्थित सीमा क्षेत्र नजिकै फेला पारेर शङ्का लागी चेकजाँच गर्दा रानाको साथबाट १३.०३ ग्राम लागु औषध खैरो हेरोइन समेत बरामद गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।


रानामाथि कानुन बमोजिम थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।



