
अत्तरिया- कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको अध्यक्षका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । समिति गठन गर्न सहमति नजुटेपछि वाणिज्य संघको निर्वाचन हुन लागेको हो ।




निर्वाचन कार्यतालिका अनुसार आज (सोमबार) साढे ११ देखि दिउँसो साढे १ सम्म समय तोकिएको थियो । सो समयभित्र ३ जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्षमा कल्याणसिह बोहरा, मिना देउवा र कवि राज भट्टले उम्मेदवारी दर्ता गराएका छन् ।





बोहरा र देउवाले प्यानल सहित उम्मेदवारी घोषणा गरेका छन भने भट्टले एकल रुपमा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । असार २३ मा हुने चुनावी अधिवेशनका लागि बोहरा प्यानलबाट उपाध्यक्षमा यज्ञ राज जोशी (उद्योग), उपाध्यक्षमा देव राज भट्ट (बाणिज्य), चेतराज पन्त (बस्तुगत), महासचिबमा शंकर खड्का, सचिबमा दिलिप कुमार साउद, कोषाध्यक्षमा हेम राज भण्डारी, सदस्यहरुमा रमेश भट्टराई, ज्ञानेन्द्र खड्का, मनोज सदाशंकर, बम बहादुर बोगटीले उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस्तै देउवा प्यानलबाट उपाध्यक्षमा दलबहादुर खड्का, फागुराम चौधरी र लक्ष्मण धामी, महासचिवमा अर्जुन खडका, सचिवमा हर्क विक, कोषाध्यक्षमा दिपकराज भट्ट, सदस्यहरुमा दिलबहादुर शाहु, बालकृष्ण ओझा, भरत बहादुर कोली र नवीन साउँदले उम्मेदवारी दर्ता गरेका छन् ।
अत्तरिया उद्योग बाणिज्य संघमा नंया नेतृत्वको लागि असार २३ गते निर्बाचन हुँदै छ । संघमा १ हजार पाँच सय ६३ जना मतदाता रहेका छन् ।