बाजुराका एकल महिलालाई बाख्रा वितरण

बाजुरा- बाजुराको त्रिवेणी नगरपालिकाले एकल महिलालाई बाख्रा वितरण गरेको छ । एकल महिलाको आयआर्जनमा थप टेवा पुग्ने गरी त्रिवेणी नगरपालिकाले नौ वटै वडामा रहेका ५९ वर्ष मुनीका एकल महिलालाई बाख्रा वितरण गरेको हो ।

Ganyapdhura gau

बाख्रा पालन कार्यक्रमले एकल महिलाको जिविकोपार्जनमा सहज हुने देखिएकोले त्रिवेणीका १ देखि ९ वटै वडाका दुई सय १५ जना एकल महिलाहरुलाई बाख्रा वितरण गरेको त्रिवेणी नगरपालिका नगर उपप्रमुख कमला न्यौपानेले बताए ।

Navadurga sun
Dadhaldhura pur

उनले भने, ‘एकल महिलाको आर्थिक अवस्था सुधार गर्ने गरी नगरपालिकाले नौ वटै वडाका एकल महिलालाई नगरपालिकाको बैठकमा बोलाएर उनीहरुलाई के व्यवसाय गर्ने हो भनेर सोधपुछ गर्दा अधिकांश महिलाले बाख्रापालन गर्ने चाँसो देखाएपछि सोही अनुसार एकल महिलालाई उन्नत जातको बाख्रा विरतण गरिएको हो ।’

त्रिवेणी नगरपालिकाका अधिकांश वडामा बाख्रा पालन गर्नका लागि उपयुक्त वनजङ्गल रहेकोले प्राय यहाँका महिलाहरुको बाख्रा लाप प्रति चासो बढेको उपप्रमुख न्यौपानेले बताए ।

पछिल्लो समय गाउँमा रहेका एकल तथा असाहय महिलाहरुको जीविकोपार्जनमा सहज हुने गरी नगरपालिकाले कृषि, पुशपालन, सिलाई कटाइ लगायतका विभिन्न सीपमुलक कार्यक्रम सञ्चालन गर्दै आएको त्रिवेणी नगरपालिका नगरप्रमुख कर्णबहादुर थापाले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...