कैलाली- कैलालीमा जिपको ठक्करबाट गम्भिर घाईते भएका एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–४ खैरेनामा पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको से ३ प ८९२५ नम्बरको मोटरसाईकललाई प्रदेश ३ को ०१–०२४ च ५१४८ नम्बरको जिपले गत बिहीबार ठक्कर दिएको थियो।



जिपको ठक्करबाट मोटरसाईकल चालक डोटी शिखर नगरपालिका–९ का ३५ वर्षका राजेन्द्रसिंह खड्काको छाती र मुखमा गम्भिर चोट लागेको थियो।


उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएका खड्काको उपचारकै क्रममा गएराती २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। जिप चालक कैलाली गोदावरी नगरपालिका ४२ वर्षका झलक ऐडीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।





