शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालनार्थ नेकपा एमालेको विरोध र्‍याली

अत्तरिया- शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालनार्थ दवाब अभियान अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी कैलालीले विरोध र्‍याली गरेको छ । एमालेले शुक्रबार गेटामै रहेको मेडिकल कलेज अगाडी नै विरोध सभा संचालन गरेको हो ।

सरकारले माघ २९ गते मन्त्रिपरिषदबाट शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निणर्य गरेपनि बजेटमा त्यसलाई कार्यान्वय नगरिएपछि विरोध गरिएको हो ।

Navadurga sun

एमालेले गरेको विरोध र्‍यालिमा सुदूरपश्चिम सधैं अपेक्षित किन ?, मेडिकल माफियाको निर्देशनमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय माथि कुठाराधात गर्न पाईदैन, राष्ट्रघाती नागरिक विधेयक खारेज गर, सुदूरपश्चिम प्रदेशका जनता दास होईनन, शहीद दरशथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालय मन्त्री परिषद्को निणर्य कार्यान्वयन गर, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्बिद्यालय ६०० वेडको अस्पताल स्थापना नभएसम्म हाम्रो आन्दोलन जारी रहने छ व्यानर समातेर आन्दोलन जनाएका छन् ।

र्‍याली पश्चात कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य दामोदर भण्डारीले नितीतथा कार्यक्रममा समेत विश्व विद्यालय खुल्ने भनिएको थियो ।

सरकारले बजेट भाषण गर्दा खेरी त्यसलाई मेडिकल कलेज ६ सय सय्याबाट हटाई १ सय सय्याको बनाउने यस्तो किसिमको गद्दारी निणर्य गरेर सुदूरपश्चिमको जनतालाई ढाँटने काम भएको बताए ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले प्रदेश कमिटि सचिवालय सदस्य दामोदर भण्डारी (भिडियो सहित) :

यो समाचार पनि हेर्नुहोस:

गेटा कलेजमा शनिबार सडक बहस गरिने

ADD Khali jpg
ADD Khali jpg
Loading...