Satyawati
Division ban Pahalmanpur

अत्तरिया उद्योग बाणिज्य संघको चुनावी साधारण सभा जेठ २४ गते

Purbadhar dadeldhura

धनगढी- अत्तरिया उद्योग बाणिज्य संघले चुनावी साधारण सभा यहि जेठ २४ गते हुने भएको छ । संघको बिहिवार बसेको कार्य समितिको बैठकले २४ गते चुनावी साधारण सभा गर्ने निर्णय गरेको हो ।

Malpot office dadeldhura

संघका महासचिव यज्ञराज जोशीले २४ गते साधारण सभा गर्ने निर्णय भएको जानकारी दिए । यसअघि अत्तरिया उद्योग बाणिज्य संघको निर्वाचन २०७५ असोज १२ गते भएको थियो । उक्त समितिको कार्यकाल २ बर्षको भएपनि कोरोना लगायतका कारण देखाउँदै साधारण सभा हुन सकेको थिएन ।

जसका कारण नियमित साधारण सभा नभएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत परेको थियो । सोही अनुसार प्रसाशनले जेठ २५ अगावै अधिबेशन गर्न समयसिमा दिएको थियो ।

२०७५ सालमा भएको निर्वाचनमा टिकाराम आचार्य प्यानललाई पराजित गर्दै अशोकराज देवकोटा निर्वाचित भएका थिए । हाल संघको अध्यक्षका लागि हालका वरिष्ठ उपाध्यक्ष कल्याण सिंह बोहरा र उपाध्यक्ष कमल कडायतले दाबी गर्दै आएका छन् ।

 

Dadeldhura Aspatal & Ban
Loading...