प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा पाँच मन्त्री रहने

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण टोलीमा पाँच मन्त्री रहने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको आसन्न भारत भ्रमण स्वीकृत गर्दैं भ्रमण टोलीमा पाँच जना मन्त्री रहने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

उनका अनुसार भ्रमण टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, उर्जामन्त्री शक्तिबहादुर बस्नेत,परराष्ट्रमन्त्री एनपी साउद लगायतका मन्त्रीहरू रहनेछन्। प्रधानमन्त्री प्रचण्ड बिहीबार चारदिने भारत भ्रमणमा जाँदैछन्। मन्त्री शर्माले प्रधानमन्त्रीको भारत भ्रमणमा चुस्त र छरितो हुने बताएकी छन्।

 

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.