स्वास्थ्य शिविरबाट स्थानीय महिला लाभान्वित

कैलाली- चुरे गाउँपालिका वडा ६ सिम्ताकी ७० वर्षीया कृष्णा कार्कीले आफ्नै गाउँघरमा स्वास्थ्य अवस्था जाँच गर्ने मौका पाउँदा खुसी भएका छन् । हुनुभएको छ ।सुगम मानिने कैलालीको दुर्गम पालिका चुरे ६ कै बयालास्थित मेलकट्टेश्वरमा शनिबार भएको स्वास्थ्य शिविरमा उनले आफ्नो स्वास्थ्य अवस्था चेकजाँच गर्न पाउँदा खुसी भएका हुन् ।

‘मेरो ढाडको समस्या छ, उठ्न बस्न हुँदैन, त्यसैले बिहान ६ बजे घरबाट बुहारीले दुई घण्टा बोकेर ल्याएर उपचार गराइन्’ उनले भने, ‘एक घण्टा जति गाडी चढेर स्वास्थ्य क्याम्पमा पुगेर उपचार पनि भयो, निःशुल्क रूपमा औषधि पनि पाइयो ।’

Navadurga sun

कार्कीले मात्र होइन, ८० वर्षका चक्रबहादुर बोहराले पनि निद्रा नलाग्ने, पिसाब पोल्ने, पिसाब धेरै लाग्ने समस्या सुनाएपछि डाक्टरले औषधि दिएको र क्षयरोगको पनि परीक्षण गर्न पाएको बताए ।

स्वास्थ्य शिविरमा घण्टौँ हिँडेर समेत विभिन्न रोगका २५० भन्दा बढी बिमारीहरूले उपचार गराउनुभएको छ । गाउँका अधिकांश पुरुषहरू रोजगारीमा भारत र तेस्रो मुलुकमा रहेकाले महिला, बालबालिका र बृद्धबृद्धा मात्र उपचारका लागि स्वास्थ्य शिविरमा आएको आयोजकको भनाइ छ ।

स्वास्थ्य शिविरमा खटिएका चिकित्सक विष्णुप्रसाद जैशीले स्त्री रोग, दम, पेट, टाउको, हाडजोर्नीसम्वन्धी समस्या भएका धेरै बिमारीहरू शिविरमा आएको बताए । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सङ्गीता बस्नेतका अनुसार महिलामा तल्लो पेट, पाठेघर, पिसाबको सङ्क्रमणसम्बन्धी धेरै समस्या देखिएको बताए ।

आइपास नेपालको सहयोगमा चुरे गाउँपालिकाको समन्वय तथा फाया नेपाल र सौभाग्य अस्पतालद्वारा सञ्चालित सो शिविरमा बालरोग विशेषज्ञ डा। नेहा रेग्मी, हाडजोर्नी विशेषज्ञ डा.मनोज भट्ट र नाक, कान, घाँटी विशेषज्ञ राघव सेढाइले बिमारीको चेकजाँच गरे ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...