काँग्रेस प्रदेश संसदीय दलको प्रमुख सचेतकमा धामी

धनगढी- नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा विक्रमसिंह धामीलाई नियुक्त गरिएको छ। काँग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाहले धामीलाई प्रमुख सचेतकमा शुक्रवार नियुक्त गरेका हुन्।

Dadeldhura hospital

दार्चुलाबाट प्रदेश सभा सदस्यमा निर्वाचित धामी काँग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलमा नियुक्त भएको नेपाली काँग्रेस डिलाशैनी गाउँपालिकाका सभापति जयानन्द जोशीले बताए।

Navadurga sun
Godawari sandesh

धामीलाई नेपाली काँग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को १ बमोजिम नेपाली काँग्रेस संसदीय दलको प्रमुख सचेतक पदमा सोही विधानको दफा १२ अनुसार काम, कर्तव्य र अधिकार प्रयोग गर्ने गरी नियुक्ति गरेको दलका नेता शाहद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।

 

 

Loading...