अछाममा करेन्ट लागेर युवकको मृत्यु

अछाम- अछाममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको मेल्लेख गाउँपालिका– ४ कुसकोटका ३१ वर्षीय सर्जन साउदको मृत्यु भएको हो।

उनी कुसकोटस्थित जनकल्याण माविका लागि विद्युत् विस्तार गर्ने क्रममा पोलमा चढेका थिए। विद्युत् पोलमा तार तान्दै गर्दा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी निरीक्षक राजेन्द्र साउदले बताए।

Navadurga sun

उनका अनुसार साउदको करेन्ट लागेर पोलमा झुन्डिएकै अवस्थामा मृत्यु भएको थियो। उनको शव सदरमुकाम मंगलसेनमा रहेको जिल्ला अस्पतालमा पोस्टमार्टम गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...