सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोलीद्वारा योजना आयोगका उपाध्यक्षसँग भेटवार्ता

काठमाडौं- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मिनबहादुर श्रेष्ठसँग भेटवार्ता गरेका छन् ।

सुदूरपश्चिम प्रदेशका सभामुख भिमबहादुर भण्डारी तथा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री साथै कृषि बाहेकका सबै मन्त्रीसहित मुख्यमन्त्री शाहले आयोगका उपाध्यक्ष श्रेष्ठलाई भेट गरेका हुन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

भेटमा मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमकितामा राख्न अनुरोध गरेका छन् । अथाह सम्भावनाहरु भएर पनि सुदूरपश्चि पछाडि परेको भन्दै उनले आयोगको ध्यानाकर्षण गराएका हुन् ।

भेटमा आयोगका उपाध्यक्ष डा.श्रेष्ठले बजेटमा माग्न सिंहदरबार धाउनु पर्ने बाध्यता अब हटेको बताए । कुनै बेला काठमाडौं आउनका लागि भारतको बाटो प्रयोग गर्नु पर्ने बाध्यता रहेका सुदूरपश्चिम टाढा जस्तो लागे पनि अहिले सुदूरपश्चिम काठमाडौंको धेरै टाढा नरहेको औंल्याउए ।

सुदूरपश्चिमलाई सरकारले ल्याएको नीति तथा कार्यक्रमले राम्रै समेटेको भन्दै बजेटले पनि राम्रै स्थान दिनेमा ढुक्क रहन आयोगका उपाध्यक्ष श्रेष्ठले सुझाव दिए ।

‘‘सिंहदरबारबाट सुदूरपश्चिम र कर्णालीका योजना बनाएर हुँदैन भनेर नै सङ्घीयता आएको हो,’ उनले भने, ‘त्यो कुरा हामी सबैले बुझ्नु परो, सुदूर र कर्णालीका योजना सुदूर कर्णालीले नै बनाउने हो ।’

Loading...