काठे पुलको शुल्क घटाउन अटेर

धनगढी- स्थानीय सरकारले निर्धारण गरेकोभन्दा दोब्बर शुल्क लिइरहेका काठे पुल सञ्चालक ठेकेदारले शुल्क घटाउन अटेर गरेका छन्। कैलालीको भजनी नगरपालिका–५ स्थित कान्द्रा नदीको करमदेव घाटमा काठे पुलका ठेकेदारले मनोमानी रूपमा लिने गरेको गुनासो स्थानीयको छ।

सो नदीमा काठे पुल हाल्ने ठेकेदारले मोटरसाइकलसहित पुल तर्ने व्यक्तिबाट जनही ३० रुपियाँ शुल्क असुल गरिरहेका छन्। स्थानीयले पक्की पुलको माग गरे पनि आवश्यक बजेट नहुँदा काठे पुल हाल्ने ठेकेदारलाई रकम असुल्ने सजिलो माध्यम बन्ने गरेको छ।

Navadurga sun
Godawari sandesh

नदीमा पानी घटेको बेला नगरपालिकाले मोटरसाइकलसहित प्रतिव्यक्ति १० रुपियाँ शुल्क निर्धारण गरे पनि ठेकेदारले भने त्यस निर्णयलाई बेवास्ता गरेर महँगो शुल्क असुलिरहेका हुन्। थोरै पानी भएको बेला पनि एकतर्फी ३० रुपियाँ र दोहोरो ५० रुपियाँ शुल्क लिने गरेका छन्।

ठेकेदारले सर्वसाधारणलाई ठग्न नपाउन भनी शुल्क उल्लेख गरिएको साइनबोर्ड किनारामा राखिएको छ तर साइनबोर्डमा उल्लेख गरिएको शुल्कमा कालो पोतेर ठेकेदारले आफूखुसी शुल्क लिइरहेको भनाइ सर्वसाधारणको छ।

Dadeldhura hospital

नगरपालिकाले तय गरेकोभन्दा बढी शुल्क लिने ठेकेदारलाई कार्यालयमा बोलाएर बढी शुल्क नलिन पटक पटक निर्देशन दिए पनि अटेर गरेको भजनी नगरपालिकाका प्रवक्ता विव्रmम चौधरीले बताए ।

‘हामीले कैयौँ पटक बढी शुल्क नलिन भनिसकेका छौँ,’ उनले भने, ‘तर, अटेरी गरिएको छ।” बढी शुल्क तिरेको व्यक्तिबाट नगरपालिकाको कार्यालयमा जानकारीसहितको निवेदन नपरेकाले ठेकेदारको ठेक्का रद्द गर्न नसकिएको उनले बताए ।

हुलाकी राजमार्ग अन्तर्गत पर्ने सो घाटमा दिनभरि मान्छेको ओहोरदोहोर भइरहने गर्दछ। उक्त नदीमा एक वर्षसम्म डुङ्गा सञ्चालनका लागि स्थानीय लोकबहादुर कुमालसहितका पाँच जनाले सामूहिक रूपमा ठेक्का पाएका छन्।

वार्षिक एक लाख ५१ हजार ५०० रुपियाँमा ठेक्का पाएका ठेकेदारले डुङ्गा र काठे पुल सञ्चालन गर्दै आएका हुन्। भजनी नगरपालिकाले साउनदेखि असोजसम्म डुङ्गा तरेबापत प्रतिव्यक्ति १०, साइकलसहित व्यक्तिको २०, मोटरसाइकलसहित व्यक्तिको ३० र अटोको ८० रुपियाँ शुल्क निर्धारण गरेको छ।

यस्तै कात्तिकदेखि–असारसम्म व्यक्तिको पाँच, साइकलसहित व्यक्तिको १०, मोटरसाइकलसहित व्यक्तिको १५ र अटोको ४० रुपियाँ शुल्क निर्धारण गरिएको छ। गोरखापत्रबाट

Loading...