


अत्तरिया- कैलालीको धनगढीमा आउनु भएका पूर्व राजा ज्ञानेन्द्र शाहको भोलि (मंगलबार) कैलालीको अत्तरियामा स्वागत गरिने भएको छ । आइतवार नेपालगन्जबाट सडक मार्ग हुँदै नागरिक अभिनन्दनका लागि धनगढी आउनु भएका राजालाई विहान ११ बजे स्वागत गर्ने कार्यक्रम तय भएको अत्तरियाका युवा समाजसेवी हरि भट्टराईले बताए ।


आइतवार धनगढी आउँदा राजाको अत्तरियामा रोकिएर नागरिकहरूबाट स्वागत ग्रहण गर्ने कार्यक्रम निर्धारित नभएकाले उपस्थित स्थानीयबाट पुष्पगुच्छा लिन नसकिएको भट्टराईले बताए । स्थानीयको मनोभावना बुझेर राजाले सर्वसाधारणलाई मंगलवार विहान भेट्ने तय भएको भट्टराईले बताएका छन् ।

