कैलाली क्षेत्र नम्बर ४ बाट चुनाव जितेका बलायरले गरे डोटीबाट बसाइसराइ 

अत्तरिया– कैलाली क्षेत्र नम्बर ४ बाट चुनाव जितेका बीर बहादुर बलायर डोटीबाट बसाइसराइ गरेर कैलाली झरेका छन । बलायर डोटीको शिखर नगरपालिका – ८ बाट कैलालीको गोदावरी नगरपालिका –१० मा बसाई सरेका हुन ।

Dadeldhura hospital

सोमबार बसाइसराइको प्रमाणपत्र उनका स्वकिय सचिव सुरत रावतले वडा कार्यालयबाट बुझेका छन । डोटीलाई आधार बनाएर राजनीतिक यात्रा सुरु गरेका बलायर २०७९ को निर्वाचनमा कैलाली – ४ बाट निर्वाचन लडेका थिए ।

Navadurga sun
Godawari sandesh

डोटी स्थायी घर भएका बलायरलाई कैलालीमा चुनाव लड्ने क्रममा विपक्षी उम्मेदवारले टुरिष्ट उम्मेदवार भएको भन्दै प्रहार गर्ने गरेका थिए ।चुनाव जितेपछि बलायरले आफू अब कैलालीकै बासिन्दा हुन लागेको पनि घोषणा गरेका थिए । सो घोषणाको केही समय पछि उनी कैलालीमा बसाई सरेका छन ।

Loading...