चुरे वन क्षेत्रका अतिक्रमित ४८५ टहरा हटाइयो

धनगढी- कैलालीको चुरे गाउँपालिका–४ को टाँकगडा र पनेरुगडामा चुरे क्षेत्रको वन अतिक्रमण गरी निर्माण गरिएका टहरा शनिबार हटाएको छ । डिभिजन वन कार्यालय धनगढीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको सक्रियतामा अतिक्रमित वन क्षेत्र खाली गराइएको हो । पहिरो पीडितका नाममा स्थानीयले वन क्षेत्र अतिक्रमण गरेर टाँकगडामा ५८ हेक्टर क्षेत्रफलमा एक सय ३५ र पनेरुवागडामा ४७ हेक्टरमा ३ सय ५० टहरा बताएका थिए ।

Dadeldhura hospital

वन क्षेत्रमा अतिक्रमण घरटहरा निर्माण गर्ने र खनजोत गरेर खेतबारी बनाउने, ठूलाठूला सालका रुखका रिङ काटेर सुकाउने र जमिन समेत किनबेच समेत गर्ने गरेका थिए । कान्तिपुरले अतिक्रमणको अवस्था उजागर गरेको थियो । झन्डै तीन वर्षदेखि टाँकगडामा ५७ हेक्टर जमिन अतिक्रमण गरी घरटहरा बनाएको थियो ।

Navadurga sun
Godawari sandesh

सबडिभिजन वन कार्यलय खैरालाले पटकपटक अतिक्रमण गरी बनाएका घरटहरा खाली गर्नका लागि निरन्तर २ वर्षदेखि पत्राचार गरेको भए पनि अतिक्रमण रोकिएको हटाउनुको साटो झन् झन् बढ्दै गएपछि बल प्रयोग गरेर अतिक्रमण हटाउनु परेको सबडिभिजन कार्यालय खैराला कैलालीका अधिकृत मनोज ढकालले बताए ।राष्ट्रिय वन अतिक्रमित क्षेत्र खाली नगरेमा वन ऐन २०७६ अनुसार पाँच वर्ष कैद तथा एक लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।

 

Loading...