धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ

Dadeldhura hospital

धनगढी- कैलालीको धनगढीबाट लागू औषधसहित एक जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ त्रिनगर भन्सारबाट लागू औषधसहित २२ वर्षीय दिनेश अर्खाली मगर पक्राउ परेका हुन् ।

उनी ४ ग्राम लागू औषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ । चुरे गाउँपालिका–५ खानिडाँडाका मगरलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको बताइएको छ ।

 

Navadurga sun
Godawari sandesh
Loading...