


धनगढी- पूर्व राजा ज्ञानेन्द्र शाह धनगढी आउने कार्यक्रम तत्कालका लगि स्थगित भएको छ । पूर्व राजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको नागरिक अभिनन्दन मूल समारोह समितिका संयोजक जयन्त चन्दले जानकारी दिए ।


यस अघि जेठ ६ गते धनगढी रङ्गशालामा पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम हुने तय भएको थियो । नागरिक उन्मुक्तिको आन्दोलनका कारण भ्रमण रद्द भएको जनाईएको छ ।

