धनगढीको मुख्य सडक निर्माणका लागि केएस कन्स्ट्रक्सन संग सम्झौता

धनगढी- धनगढीको मुख्य सडक निर्माणका लागि केएस कन्स्ट्रक्सन संग ठेक्का सम्झौता गरिएको छ। निर्माणका लागि सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत पूर्वाधार विकास कार्यालय कैलाली र केएस कन्स्ट्रक्सन बिच सडक निर्माणका लागि ठेक्का सम्झौता गरिएको हो।

Dadeldhura hospital

२०८० वैशाख २७ गतेका दिन २४ महिना भित्र कैलाली पुलदेखि क्याम्पस रोड, हुलाकी राजमार्गसम्म कालोपत्र सडक निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएको उपमहानगरले जनाएको छ ।पूर्वाधार कार्यालय कैलालीका निमित्त प्रमुख रामचन्द्र खत्रीले साढे ५१ करोड ६९ लाखमा केएस कन्स्ट्रक्सनसँग सडक निर्माणको ठेक्का सम्झौता भएको बताए। निर्माण कम्पनिले दुई बर्ष अर्थात् २०८२ वैशाख २६ गते भित्र धनगढीको मुख्य सडक स्तरीय निर्माण गर्दै प्रदेश सरकारलाई हस्तान्तरण गर्ने छ।

Navadurga sun
Godawari sandesh

केएस कन्स्ट्रक्सनले सडक निर्माणको काम भने सुरु गरेको छैन्। केएसले स्तरीय सडकसँगै विद्युत र खानेपानीका पाइपहरु समेत स्तान्तरण गर्ने छ। धनगढी उपमहानगरपालिकाले मुख्य सडक चौडाईका लागि दाँया र बायाँ १५ , १५ मिटर भौतिक संरचना खाली गराएको थियो।

उपमहानगरपालिकाको आग्रहमा दुई दशमलव ३०० मिटर क्षेत्रभित्र रहेका ४ सय २८ भौतिक संरचना खाली भएका छन्। सडकको क्षेत्राधिकार खाली गर्न ठुलो चुनौती रहेकोमा जनस्तरबाट सहयोग भएको उपमहानगरपालिकाका डिभिजन इन्जिनियर दीजराज भट्टले बताए । सडक निर्माण स्तरीय बन्ने उनको दाबी छ ।

 

Loading...