गोदावरीमा आइटी कलेजका लागी प्रयास गरीरहेका छौँ : नगरप्रमुख भट्ट

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाका नगरप्रमुख विरेन्द्र भट्टले गोदावरी नगरपालीकाकै क्षेत्रमा स्थापना हुने गरी प्रदेश स्तरिय आइटी कलेजको प्रयास भईरहेको बताएका छन् । बिहिबार वडा नम्बर २ को वडा भेलामा बोल्दै नगरप्रमुख भट्टले गोदावरी नगरपालीकामै स्थापनाको अवधारणा अघि बढाईएको बताएका हुन् ।

आफ्नो कार्यकालमा पुर्वप्रधानमन्त्री शेर बहादुर देउवा भारत भ्रमणमा गएका बेला भारत सरकारको सहयोगमा कैलालीमा आइटी केलज बन्ने कुरा भएको थियो भट्टले भने त्यसको अहिले पहल भईरहेको छ । गेटा मेडिकल विश्वविद्यालयका निर्देशक हेमराज पुजारालाई त्यस्को जिम्मेवारी दिईएको पनी भट्टले कार्यक्रममा जानकारी गराए । पुजाराको नेतृत्वमा तीन सदस्यीय समिति बनीसकेको उनले बताए ।

Navadurga sun
Godawari sandesh

“कैलालीमा आइटी कलेज बन्छ भनेपछी टीकापुर बन्नसक्छ,धनगढी बन्नसक्छ,गोदावरी बन्न सक्छ । हामीले गोदावरीमै पहल किन नगर्ने भनेर आजभन्दा केहिदिन अघि २५ विघा जग्गाको हामीले रेखांकन गरेर,नक्सांकन गरेर दिने प्रतिवद्धता गरेका छौँ,पत्राचार अगाडाी बढाएका छौँ ।” “आइटी कलेजलाई हामीले यहाँ स्थापना गर्नसके हाम्रा छोराछोरी आइटी कलेजको शिक्षा लिनसक्नुहुनेछ भट्टले अगाडी भने तिसौँ लाख रुपैँया खर्च गरेर आइटी शिक्षा छोराछोरीलाई पढाउन सक्दैनौ यहाँँ स्थापना भएको खण्डमा त्यो कुराको सहजता हुनेछ । ” वडाभेलामा आफ्नो भनाई राख्दै भट्टले गोदावरीमा रुख काट्नुपर्ने भएकै कारण प्रदेश राजधानीको कामले गति नपाईरहेको भएमा वडा नम्बर ३ को चौकिडाँडामा करिब ८० विघा जमीन उपयुत्त रहेको बताए ।

Dadeldhura hospital

त्यसतर्फपनी कुरा गरीने उनले बताए । नगरका १२ वटै वडामा खेलमैदान आवश्यक रहेको भन्दै उनले १२ ओटाखेलमैदानको खेल मैदानको अवधारणा नगरले लिएको बताए । नगरको एउटामात्रै अस्पतालका रुपमा रहेको मालाखेती अस्पतालको स्तरोन्नती निरन्तर गरीने भन्दै उनले नगरपालीकाको वैठकबाट मालाखेती अस्पताललाई ५० शैयाको अस्पतालमा परिणत गर्ने र प्रदेशको जिम्मा लगाउने निर्णय भएको बताए । त्यसो भएमा व्यभार प्रदेशलाई जाने र सेवा गोदावरी नगरबासीले पाउने उदेशयसहित उत्त निर्णय भएको उनले बताए ।

बजेट कम भएका कारण पछील्लो समय बालबालीका कुलतमा लाग्नेक्रम बढेको प्रति चिनता व्यत्त गर्दै उनले अभिभावक पनी त्यसतर्फ चनाखो बन्नुपर्ने बताए । जेष्ठनागरिकसंग मेयर कार्यक्रमबाट थुप्रै जेष्ठनागरिकहरु लाभान्वीत भएको बताँउदै भट्टले कृषीका विषयमा पनी नगरपालीकाले विविध कार्यक्रम गरीरहेको र उपलब्धी हेरेर आगामी थप गर्ने बताए । गोदावरी नगर क्षेत्रभित्र रहेको विधुतीकरणको समस्या पहलकालागी पनी प्रयास भईरहेको भट्टले बताए ।

“त्यस्कालागी निर्विवाद रुपमा दिगो व्यवस्थापनकालागी अत्तरियामा वितरण केन्द्र स्थापनाकालागी अगाडी बढेका छौँ उनले भने जस्कालागी हामीले ५ कठ्ठा जग्गा प्राधिकरणलाई दिने निर्णय गरेका छौँ र विधुत प्राधिकरणले भवन निर्माणकालागी पैसा पनी विनीयोजित गरेको अवस्था छ ।” स्वच्छ खानेपनी र विधुतिकरणको व्यवस्थापन गर्न नसकेमा समाजलाई नै अप्ठ्यारो पर्ने उनको भनाई थियो । “यो ठाँउमा बस्ने नागरिकले टाउको ठड्याएर म त्यो सहरको मान्छे हुँ भन्न सकोस् भन्ने चिन्ता हामीले पनी बोकेका छौँ,हामी हामी राम्रै गर्नेछौँ भट्टले भने बजेट एथेष्ट नभएको हुँदा समय लाग्छ नआत्तिनुहोला ।”

वडाभेलामा बोल्दै उपप्रमुख शारदा देवी रोकायाले महिलाहरुको विकासकालागी नगरपालीका प्रयास गररिहेको बताईन् । “पुर्वाधार विकासका साथसाथै मानविय विकास पनी एकदमै आवश्यक पर्छ उनले भनीन् कतिपय महिला दिदिबहिनीहरु कुना कन्दरामा छन्,विकास भनेको थाहा छैन,महिलाहरुको विकासलागी सँघसँस्थाहरुले धेरै नै सहयोग गरेका छन् । ” महिलाहरुको विकासकालागी सिपमुलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उनले बताईन् ।

 

Loading...