कर्णालीको माछा आम्दानीको माध्यम

धनगढी- कर्णाली नदीको माछा साना व्यापारीको आम्दानीको माध्यम बनेको छ।माछाको परिकार बिक्री गरेर उनीहरुले आम्दानी गर्दै आएका हुन्। स्थानीयले कर्णाली नदीको सत्ती पुल आसपासमा टहरोमा व्यापार गर्दै आएका छन्।उनीहरुको व्यापारको प्रमुख आकर्षण हो, नदीको माछाको परिकार।‘रोस्ट’ बनाइएको माछाका परिकारको स्वाद लिनका लागि टाढा–टाढाबाट मान्छे आउने गरेको तीन वर्षदेखि व्यापार गर्दै आउनु भएकी राजापुर नगरपालिका–४ की आस्मा चौधरीले बताए ।

कर्णाली नदीतिर घुमफिर गर्न आउनेसहित बटुवाहरु माछाको परिकारसँग रमाउने गरेको व्यापारीको भनाइ छ।“जाडो याममा यसको व्यापार अझै बढी हुने गर्छ”, चौधरीले भने,“गर्मी बढेपछि अहिले व्यापार कम छ ।”

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनका अनुसार टहरोमा कहिलेकाँही माछा, पकौडा लगायतका परिकारको राम्रो कारोबार हुने गर्दछ।“जति कारोबार हुन्छ, त्यसको आधा आम्दानी बन्ने गर्दछ”, उनले भने,“इँटाभट्टामा मजदुरी गर्नुभन्दा यो काम ठिक लाग्छ ।” दैनिक धेरै कम भए तीन हजार, नत्र पाँच हजारसम्म कारोबार हुने गरेको जनाइएको छ।

फुटपाटमा चौधरीसहित आठ जनाले यस्तै व्यापार गर्दै आएका छन्।कर्णाली नदीमा माछा मार्नेहरुबाट माछा किनेर यस्तो व्यापार गर्दै आएको व्यापारीको भनाइ छ।“थोरै लगानीमा सानै व्यापार गरिरहेका छौं”, जुद्ध थारुले भन्नुभयो, “माछा पाउँदा व्यापार राम्रै हुन्छ।कुनै दिन माछा नपाएको बेला यत्तिक्कै बस्नु पर्दछ ।”

व्यापारीले प्रति केजी चार सय रुपियाँमा सानो माछा किनेर त्यसबाट बनेको परिकार एक हाप प्लेटको सय रुपियाँ लिएर बिक्री गर्दै आएका छन्।माछा मार्नेले पनि दैनिक राम्रो आम्दानी गर्ने गरेको जनाइएको छ।“चार÷पाँच केजी माछा मारेकाले बिना लगानी दैनिक डेढरदुई हजार रुपियाँ कमाइ हाल्छन्’, आस्माले भने,“तर, मिहिनेत भने चाहिन्छ ।”

 

Loading...