कांग्रेस कैलाली जिल्ला सम्मेलनको तयारी तिब्र, देउवाले उद्घाटन गर्ने

अत्तरिया- नेपाली कांग्रेस कैलाली जिल्ला सम्मेलनको तयारी तिब्र पारिएको छ । कैलारी गाउँपालिका वडा नम्बर ४ भितरियामा हुने सम्मेलनको तयारी तिब्र पारिएको हो । सम्मेलन हुनेस्थलमा मञ्च निर्माण कार्य भईरहेको छ ।

Navadurga sun

यही जेठ ५ गते सम्मेलन हुँदैछ । सम्मेलनको पार्टी सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तए भएको जनाइएको छ।

१४ औं महाधिवेशन पछिको प्रथम जिल्ला सम्मेलन हुन लागेको काँग्रेस कैलालीका जिल्ला सचिव नृपबहादुर सुनारले बताए । सम्मेलनमा कैलालीका विभिन्न स्थानीय तहबाट नेता तथा कार्यकर्ताहरुको सहभागिता रहने छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...