नागरिक उन्मुक्ति पार्टीले जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीले टीकापुरको घटना राजनीतिक भएको बताएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले टीकापुर घटना राजनीतिक घटना भएकाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न र रेशम चौधरी लगायतलाई रिहाई गर्नुपर्ने बताएका हुन्।

उनले यो अदालती मुद्दा नभई राजनीतिक भएकाले सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताए। उनले आयोगको प्रतिवेदन सार्वजनिक नगरे आन्दोलन गर्ने घोषणासमेत गरे। उनले नाउपाले जेठ ३, ४, ५ गते कोणसभा र विरोध प्रदर्शन गर्ने बताए ।

Navadurga sun
Godawari sandesh

भण्डारीले त्यति बेलासम्म पनि माग पूरा नभए जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरे। भण्डारीका अनुसार रेशम चौधरी हत्यारा हुन भन् फाँसी दिने ऐन बनाएर फाँसी दिए हुने तर्क गरे।

Dadeldhura hospital

टीकापुर घटनामा रेशम चौधरीलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसला सर्वोच्च अदालतले सदर गरेको हो। मंगलबार न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले जन्मकैद सजाय सदर गरेपछि नागरिक उन्मु्क्ति पार्टीका संरक्षक समेत रहेका चौधरी जेलमुक्त नभएका हुन्।

सोही घटनामा दोषी भनिएका ुविद्रोहु भन्ने सिताराम चौधरी र गंगाराम चौधरीले भने सफाइ पाएका छन्। सर्वोच्चले अदालतले उनीहरूलाई अन्य मुद्दा वा कारणबाट थुनामा राख्नुपर्ने नदेखिएकाले थुनामुक्त गरिदिनू भनेको छ।

त्यसैगरी अर्का प्रतिवादी लक्ष्मण चौधरीको हकमा भने कैलाली जिल्ला अदालतको फैसला सदर भएको छ। कैलाली जिल्ला अदालतले चौधरीलाई तीन वर्ष कैद सजायको फैसला गरेको थियो।

जिल्ला अदालत कैलालीले २०७५ फागुन १२ गते टीकापुर घटनामा रेशम चौधरीसहित ११ जनालाई जन्मकैद सजाय सुनाएको थियो। विसं २०७७ पुस ३ गते उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो।

Loading...