

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ मा पर्ने लामीताल पर्यटकीय ताल हो । अत्तरियाबाट पुर्व तर्फ राजमार्गबाट करिब २ सय मिटर भित्र र अत्तरिया बसपार्कबाट पनि करिब २ सय मिटर भित्रको दुरीमा रहेको लामीताल गोदावरी नगरपालिकाको अत्तरिया बजार क्षेत्रदेखि सबैभन्दा नजिकको पर्यटकीय स्थल हो ।



लामीतालमा आन्तरिक एवम् वाह्य धेरै पर्यटक आएर स्वच्छ तथा सुन्दर लामीतालको भ्रमण गर्ने गरेको साइकलयात्री भरत बिक्रम शाहले बताए । अत्तरिया बजारबाट सबैभन्दा नजिक भएर पनि उचित रेखदेख र व्यवस्थापन हुन नसक्दा लामीतालको मौलिकता हराउदै गएको समेत उनले बताए।


उनले भने, अत्तरिया बजारबाट सबैभन्दा नजिक भएर पनि उचित रेखदेख र व्यवस्थापन हुन नसक्दा लामीतालको मौलिकता हराउँदै गएको र लामीतालको व्यवस्थापन र संरक्षण गर्न सबैले एकजुट हुनुपर्छ।
तालको संरक्षण गर्न सबैले एकजुट हुनुपर्ने साइकलयात्री शाहको भनाइ रहेको छ। अत्तरियामा रहेको अत्तरिया उद्योग वाणिज्य संघले विगत ६÷७ वर्षदेखि लामीतालपरिसरमै महोत्सवको आयोजना गर्दा लामीतालको प्रचार प्रसार झन बढेको समेत उनले बताए ।