

अत्तरिया– कैलालीको गोदावरी नगरपालीकाका २० जना बालबालीकामा कडा प्रकृतिको कुपोषण देखीएको छ । साउनदेखी वैशाखसम्मको १० महिनाको अवधीमा ९१ जना बालबालीका कुपोषीत भएकोमा २० जनामा कडा खालको कुपोषण देखीएको गोदावरी नगरपालीकाको स्वास्थ्य शाखाका सिनियर अहेव विर बहादुर कुँवरले जानकारी दिए । यो तथ्यांक विभीन्न स्वास्थ्य सँस्थामा उपचार गराउन आई नगरपालीकाको स्वास्थ्य शाखासंग उपलब्ध भएको तथ्यांक हो ।



कुपोषीत बालबालीका ६ देखी ५९ महिनासम्मका छन् । हाल कुपोषीत सबै बालबालीकाको गोदावरीका विभीन्न स्वास्थ्य सँस्थामा उपचार भईरहेको छ । सबैभन्दा बढी गोदावरी ३ को मालाखेती अस्पतालमा ४५ जना कुपोषीत बालबालीका उपचाररत रहेका छन् । त्यस्तै वडा नम्बर ५ स्थीत गेटामा १८ जना,वडा नम्बर ६ स्थीत बडेँहा हेल्थ पोष्टमा ९ जनाको उपचार भइएरहेको स्वास्थ्य शाखाले जनाएको छ ।


त्यसैगरी वडा नम्बर ११ स्थीत गोदावरी हेल्थपोष्टमा ५ जना र वडा नम्बर ६ स्थीत लालपुर स्वास्थ्य केन्द्रमा ३ जना कुपाषीत बालबालीकाको उपचार भईरहेको जनाईएको छ ।
गत आर्थीक वर्ष २०७९/०८० मा गोदावरीमा १३२ जना कुपोषीत बालबालीका रहेका थिए । कतिपय न्युन आर्थीक अवस्थाका कारण आमा तथा बच्चाले पोषीलो खानेकुरा नपाएका कारण त कतिपयले के खुवाउने,कसरी खुवाउने भन्ने ज्ञानको कमीका कारण पनी बच्चा कुपोषीत भएको पाईएको स्वास्थ्य शाखाले जनाएको छ । कुपोषण अन्त्यकालागी विभीन्न स्तरबाट लागु भएका कार्यक्रम नगरपालीकामा प्रभावकारी भएको स्वास्थ्य शाखाको भनाई छ । बहुक्षेत्रीय पोषण कार्यक्रम, उपमेयरसंग सुरक्षीत मातृत्व कार्यक्रम पनी कुपोषीत बालबालीकाकालागी प्रभावकारी रहेको बताईएको छ ।