गेटामा मेडिकल बिश्वबिद्यालय सञ्चालन गर्न नसकिने : बलायर

धनगढी- प्रतिनिधीसभा सदस्य तथा नेपाली काग्रेंसका सुदूरपश्चिम प्रदेश सभापति बिर बहादूर बलायरले गेटामा मेडिकल बिश्वबिद्यालय सञ्चालन गर्ने कुरा अचम्म लाग्दो रहेको बताएका छन् । प्रतिनिधीसभा बैठकको शुन्य समयमा बोल्दै बलायरले गेटामा बिश्वबिद्यालय सञ्चालन गर्न नसकिने बताएका हुन् । पुर्व मन्त्री समेत रहेका बलायरले मेडिकल विश्वविद्यालय सञ्चालन गर्ने कुरा अचम्म लाग्दो भएको बताए ।

ननटेक्निकल युनिभर्सिटी सञ्चालन गर्नलाई धौंधौं परिरहेको बेलामा किन सुदूरपश्चिमका जनतामाथि अन्याय भयो उनले भने “मेडिकल विश्वविद्यालय खोल्ने? वडा अचम्म छ! मेडिकल विश्वविश्वद्यालय खोलेर चलाउने के नेपालको अहिले सामर्थ्य छ? त्यसैले मेडिकल कलेज सञ्चालन गर्नुपर्छ ।” प्रदेशको राजधानी बनाउन प्रदेश सरकारलाई जग्गा भोषधिकार दिन माग समेत गरेका बलायरले गेटामा बिश्वबिद्यालय सञ्चालन गर्नै नसकिने दावी गरे ।

Navadurga sun

बलायरले गोदावरी तोकिएको प्रदेश राजधानी गेटामा बनाउन सकिने तर्क गर्दै मेडिकल विश्विवद्यालय भने चलाउन सामथ्र्य नभएको जिकिर गरे । बलायरको अभिब्यक्तप्छि नेकपा एमालेका नेता आनन्द भट्टले मन्त्रिपरिषद्बाट निणर्य भएको र भौतिक संरचना निर्माण भएर सञ्चालनको व्यग्र प्रतिक्षामा रहेको गेटा मेडिकल विश्वविद्यालय सञ्चलनका लागि पहल गर्नुपर्ने व्यक्तिको गलत अभिव्यक्ति आएको टिप्पणी गरेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...