न्यायिक समितिमा आउने विवादहरुको समाधान निती अनुसार गर्दै आएका छौँ : उपप्रमुख रोकाया

अत्तरिया- कैलालीको गोदावरी नगरपालीकाकी उपप्रमुख शारदा देवी रोकायाले न्यायिक समितिमा आउने विवादहरुको समाधान निती अनुसार नै गर्दै आएको बताएकी छन् । आईतबार दलित महिला संघ (एफईडीओ) ले अत्तरियामा आयोजना गरेको स्थानीय निति तथा योजनामा दलित महला तथा सिमान्तकृत समुदायको मानवअधिकार सवलीकरणका लागी सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपप्रमुख रोकायाले न्यायिक समितिमा आउने विवादहरुको समाधान निति बमोजिम नै गर्दै आएको बताएकी हुन् । उनले विपन्न दलित महिला न्यायकोलागी आएमा न्यायकालागी आफुहरुले गर्नुपर्ने सम्पुर्ण व्यवस्थापन गर्दै आएको बताईन् ।

कार्यक्रममा बोल्दै रोकायाले विपन्न महिलाको न्यायकालागी लैङ्गिक हिंसा निवारण कोषलाई चाँडै सञ्चालन ल्याउने बताईन् । स्थानीय निती, योजना तथा बजेटमा दलित महिला तथा सिमान्तकृत समुदायको प्रभावकारी पहुँचका लागी आफु संधै प्रतिवद्ध रहेको उनले बताईन् । आँउदो बजेटमा दलित महिलाहरुकोलागी विशेष बजेटको व्यवस्था गर्ने उनले बताईन् । न्यायिक समितिकी संयोजक समेत रहेकी उनले आर्थीक मन्दीका कारण मेलमिलापकर्ताहरुलाई तालिम पनि दिन नसिकएको बताईन् ।

Navadurga sun
Godawari sandesh

‘देशमा आर्थिक मन्दी भयो, संघबाट बजेट कटेर आयो ।’ उनले भनीन्, ‘मेलमिलापकर्ताहरुलाई पुर्नताजगी तालिम जसोतसो दियौँ तर ४८ घण्टे तालिम दिन सकेका छैनौँ ।’

Dadeldhura hospital

अन्र्तक्रिया कार्यक्रममा आफ्ना भनाई राख्दै महिला तथा बालबालीका सेभ हाउसकी अधयक्ष जानकी मलासीले सेभ हाउसमा अधिकांश बालबालीका दलित समुदायका आश्रीत रहेको बताईन् ।

त्यस्तै कार्यक्रममा बोल्दै दलित महिला संघकी जिल्ला अध्यक्ष सविना सुनारले दलित महिलाले आफ्ना आवाज सम्बन्धीत निकायसम्म पुर्याउनका लागी खवरदारी गर्नुपर्ने बताईन् ।

नगरपालीकाको रातो किताबमै उल्लेख हुने गरी आफ्ना योजना तथा समस्याहरु नगर तथा वडामा पठाउन उनले सबैलाई आग्रह गरीन् । अध्यक्ष सुनारले हरेक वर्षको २१ मार्चमा मनाईने जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस विभीन्न कार्यक्रम गरी मनाउनुपर्ने समेत बताईन् । नगरपालीकाले अन्य दिवश मनाउने तर ५८ वर्ष अगाडी नै घोषणा भएको जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस किन मनाउँदैन ? उनले भनिन्, अर्को वर्षदेखी अन्य दिवश जस्तै यो दिवशलाई पनि विभिन्न कार्यक्रम गरी मनाउनका लागी आवश्यक बजेटको व्यवस्था गर्न समेत उनले उपप्रमुख रोकायालाई आग्रह गरीन् ।

सुनारको सभापतित्वमा सम्पन्न भएको उत्त अन्र्तक्रिया कार्यक्रममा उपप्रमुख रोकाया प्रमुख अतिथी रहेकी थिईन् ।

Loading...