

धनगढी- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) धनगढी उपमहानगर कमिटीको अध्यक्षमा दीपकबहादुर सिंह निर्वाचित भएका छन् ।शनिवार चटकपुर स्थित पार्टी कार्यालयमा भएको दोस्रो अधिवेशनले सिंहको अध्यक्षतामा ३१ सदस्यीय कमिटी सर्बसमत निर्वाचित गरेको हो।



अधिवेशनबाट गोमा भट्टराई, छत्र रावल उपाध्यक्ष, सचिवमा एकम छेडाल, उप–सचिवमा ध्रुव बराल, ममता विक र श्याम खत्री सर्वसम्मत निर्वाचित भएका छन्।


पार्टीका पोलिटब्युरो सदस्य हनुमान चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम केन्द्रीय सदस्य कैलाली इन्चार्ज दीर्घ सोडारी, केन्द्रीय सदस्य लक्ष्मण कुँवर, कलावती जोशी, जिल्ला अध्यक्ष विमल जोशी, जिल्ला उपसचिव दीर्घ जोशीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नगरकमिटी अध्यक्ष बावुराजा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन धनबहादुर खड्काले गरेका थिए। अध्यक्षमा निर्वाचित अध्यक्ष सिंह युवाहरुमाँझ लोकप्रिय छन् । सो पार्टीको पालिका कमिटीको पहिलो अधिवेशन धनगढी बाट शुरुभएको हो ।