

धनगढी- कैलालीको धनगढीस्थित एक खाद्य स्टोरमा आगो लागेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडी (दक्षिणकाली मार्ग) को पिपि ट्रेडर्समा शनिवार राति आगो लागेको हो।



कृष्णदत्त पाण्डेले सञ्चालन गरेको उक्त स्टोरमा विद्युतको तार सर्ट भएर आगो लागेको कैलाली प्रहरीले बताएको छ। आगलागीबाट गोदाममा रहेका चामल, भुजा, खाने तेल, फ्रुटी, चिउरा, चाउचाउलगाएतका सम्पूर्ण खाद्य सामान र गोदाम पूर्ण रुपम नष्ट भएको छ।


स्टोरमा आगलागीबाट झन्डै ६ करोडको क्षति भएको छ । धनगढी उपमहानगरपालिकाको वारुण यन्त्र (दकमल), नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो।