कैलालीमा मिटर व्याज पीडितलाई निवेदन दिन ७ दिन म्याद थपियो

Dadeldhura hospital

धनगढी- जिल्ला प्रशासन कार्यालय कैलालीले अनुचित लेनदेन (मिटर व्याज) पीडितलाई निवेदन दिन ७ दिनको म्याद थप गरेको छ ।प्रशासन कायालयले शुक्रबार एक सूचना जारी गर्दै मिटर व्याज सम्बन्धी जाँचबुझ आयोग २०७९ बाट निवेदन आह्वान भए वमोजिम मिटर व्याज पीडितलाई निवेदन दिन अनुरोध गरेकोे हो ।

यसअघि प्रशासनले बैशाख १७ गते देखि ३१ गते सम्म १५ दिन मिटर व्याज पीडितलाई निवेदन दिन अनुरोध गरेको थियो । प्रशासनले पीडितलाई आफूसंग भएका सबुत प्रमाण सहित कार्यालय परिसर भित्र स्थापना भएको अनुचित लेनदेन पीडित सहायता कक्षमा सम्पर्क राखी तोकिएको ढाचामा फारम भर्न अनुरोध गरेको छ ।

Navadurga sun
Godawari sandesh
Loading...