कैलालीको गोदावरीका सामुदायिक विद्यालयहरुमा निःशुल्क शिक्षा कार्यान्वयन गर्न नगरपालिकाको अनुरोध

अत्तरिया- कैलालीका गोदावरी नगरपालिका भित्र संचालनमा रहेका सामुदायिक विद्यालयहरुमा निःशुल्क शिक्षा कार्यान्वयन गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

Dadeldhura hospital

गोदावरी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले एक सूचना जारी गर्दै माध्यमिक तह सम्म शुल्क नलिन अनुरोध गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

सूचनामा नगरपालिका अन्तरगतका केही सामुदायिक विद्यालयहरुले विद्यार्थीहरुबाट शुल्क लिने गरेको र शुल्क तिर्न नसके विद्यार्थीहरुले पढाई छोड्नु पर्ने अवस्था सिर्जना भएको गुनासो आएको भन्दै विद्यार्थीहरुबाट कुनै पनि किसिमको शुल्क नलिई निःशुल्क शिक्षा दिने कार्यको पुर्ण रुपमा कार्यान्वयन गर्न अनुरोध गरेको छ ।

Loading...