एम्बुलेन्सकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनगढी- बझाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मंगलबार दिउँसो ३ बजे बित्थडचिर गाउँपालिका-६ चिसापानी मोडमा एम्बुलेन्सले ठक्कर दिँदा सोही ठाउँका २३ वर्षीय मोटरसाइकल चालक गोवीन्द्र महरको मृत्यु भएको प्रहरीले जनाएको छ।

देउलेखबाट सुनकुडातर्फ जाँदै गरेको सु.प.प्र ०१००झ ३६१ नम्बरको एम्बुलेन्सले सोही दिशातर्फ गइरहेको से ५ च २०२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

Navadurga sun

दुर्घटनामा गम्भीर घाइते भएका महरलाई उपचारका लागि धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने एम्बुलेन्स देउलेख प्राथामिक स्वास्थ्य केन्द्रको रहेको प्रहरीले जनाएको छ। एम्बुलेन्स चालक ४५ वर्षीय हर्क ढाँटलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...