पूर्वराजा ज्ञानेन्द्र शाहको धनगढीमा हुन गईरहेको नागरिक अभिनन्दनका लागि सचिवालय स्थापना

धनगढी- कैलालीको धनगढीमा हुने पूर्व राजा ज्ञानेन्द्र शाहको हुन गईरहेको नागरिक अभिनन्दनका लागि सचिवालय स्थापना गरिएको छ ।

Dadeldhura hospital

जेठ ६ गते धनगढी रङगशालामा हुने नागरिक अभिनन्दनका लागि पूर्व तयारीका लागि राप्रपा नेपालको अगुवाईमा तयारी स्वरुप धनगढीको रुबस होटेलमा सचिवालय स्थापना गरेको हो ।

Navadurga sun
Godawari sandesh

पूर्व तयारीका लागि सुदूरपश्चिम प्रदेशभर ९ वटा जिल्लाका विभिन्न व्यत्तित्वहरु समावेश गरेर जयन्त चन्दको संयोजकत्वमा एक हजार एक सदस्य मूल समारोह समिति गठन गरेको छ ।

संवैधानिक राजसंस्था सहितको हिन्दु राष्ट्र जोगाउनका लागि देशभर यस प्रकराका कार्यक्रमहरु गरिहरेको संयोजक चन्दले जानकारी दिए । अभिनन्दन कार्यक्रममा हजारौँको सहभागिता रहने आयेजकले जानकारी दिएको छ ।

Loading...