ब्राउनसुगर तस्करी गर्ने सशस्त्र प्रहरीका हवल्दार पक्राउ

धनगढी- कैलालीमा लागुऔषधको तस्करी गर्ने प्रहरी हवल्दार पक्राउ परेका छन्।​ शनिवार जिल्लाको टीकापुर नगरपालिकास्थित खक्रौला नाकाबाट लागुऔषधको ओसारपसार तथा कारोबारमा संलग्न सशस्त्र प्रहरीका हवल्दार समातिएका हुन्।

इलाका प्रहरी कार्यालय टीकापुरले भारतीय बजार तीनकुनियाँबाट टीकापुर आउँदै गरेका सशस्त्र प्रहरीका हवल्दार समेत रहेका ३३ वर्षीय प्रेमसिंह सुनारसहित दुईजनालाई पक्राउ गरेको जनाएको छ। सुनार लम्कीचुहा नगरपालिका-२ मोतीपुरका बासिन्दा हुन्।

Navadurga sun

सुनारसँगै पक्राउ पर्नेमा लम्कीका २६ वर्षीय सागर घिमिरे पनि रहेका छन्। उनी खक्रौला नाकाबाट दिउँसो पक्राउ परेका थिए। सुनार सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्भ गण हेडक्वार्टर बनबेहडामा कार्यरत थिए।

सशस्त्र प्रहरी बलको आइडी नम्बर ४३७३० रहेका सुनार वैशाख १४ गतेदेखि लागू हुने गरी १५ दिनको बिदामा घर आएका वेला लागुऔषधसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी उद्धवसिंह भाटले बताए।

उनका अनुसार सुनारले ९१० मिलिग्राम र घिमिरेले २ ग्राम १७० मिलिग्राम खैरो हिरोइन मलद्वारमा लुकाईछिपाई ल्याउँदै गर्दा पक्राउ परेका हुन्।

अहिले उनीहरूमाथि थप अनुसन्धान भइरहेको डिएसपी भाटले बताए। यसअघि पनि कैलालीकै भजनीबाट नेपाल प्रहरीका जवानलाई सशस्त्र प्रहरीले ३० ग्राम लागुऔषध सहित पक्राउ गरेको थियो।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...