कैलालीमा सुकुम्बासी बस्तीकी महिलामाथि कुटपिट

कैलाली- कैलालीमा सुकुम्बासी बस्तीकी एक महिलामाथि कुटपिट भएको छ। जिल्लाको गोदावरी नगरपालिका–३ चौकिडाँडामा सुकुम्बासी बस्तीको घर भत्काइएपछि त्रिपाल टाँगेर बस्दै आएकी वादी समुदायकी ६० वर्षीया पार्वती वादीमाथि कुटपिट भएको हो।

Dadeldhura hospital

चौकिडाँडाको सुकुम्बासी बस्तीमा बस्दै आएकी पार्वती वादीमाथि बिहिवार राति कुटपिट भएको मिठु वादीले बताइन्।मध्यराति सुतेको ठाँउबाट पर लगेर दुईजना अन्जान पुरुषले पार्वतीमाथि कुटपिट गरेको मिठु वादीले बताइन्। कुटपिटबाट वादीको शरिरमा निलडाम परेका छन्। ती व्यक्तिहरुले वादीले लगाएको लुगा पनि च्यातिदिएका थिए।

Navadurga sun
Godawari sandesh

यस विषयमा इलाका प्रहरी कार्यालय अत्तरियाले अनुसन्धान भइरहेको जनाएको छ।सुकुम्बासी र बादी समुदायको झुपडी उजाड गरेर फेरी बादी महिलामाथी कुटपिट गर्ने कार्य निन्दनीय भएको स्थानिय दिपा न्यौपानेले बताईन् । उक्त घटना गैर कानुनी, गैर मानविय रहेकाले सरोकारवालाले ध्यान दिई दोषीलाई छिटो भन्दा छिटो कारबाही गर्न माग गरेकी छिन् ।

 

 

 

Loading...