नेपाल ट्रेड युनियन कैलालीको अध्यक्षमा सुरतबहादुर स्वाँर निर्वाचित

धनगढी-  नेपाल ट्रेड युनियन काँग्रेस कैलालीको अध्यक्षमा सुरतबहादुर स्वाँर निर्वाचित भएका छन्। शुक्रबार भएको मतदानबाट उनका प्रतिद्धन्द्धी जयप्रकाश मिश्रलाई २० मत बढीले पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन्। उपाध्यक्ष खुलातर्फ प्रतिद्धन्द्धी शान्ति भट्ट लाई १० मतले पराजित गर्दै निर्मला चौधरी निर्वाचित भएकी छन्।

Dadeldhura hospital

कोषाध्यक्षमा सागर जोशी निर्वाचित भएका छन्। उनका प्रतिद्धन्द्धी खम्बबहादुर शाहलाई ६ मतले पराजित गर्दै उनी कोषाध्यक्षमा निर्वाचित भएका हुन।यस्तै, केन्द्रिय प्रतिनीधि तर्फ धिरेन्द्र कठायत, गोपालसिह बोहरा केशवराज पन्त, टेकबहादुर सार्कि र ज्ञानेन्द्र बहादुर शाह निर्वाचित भएका छन्।

Navadurga sun
Godawari sandesh

नेपाल शिक्षक संघ, नेपाल सार्वजनिक सेवा कर्मचारी संघ, नेपाल वित्तिय संस्था कर्मचारी संघ, नेपाल स्वास्यकर्मी संघ, नेपाल प्रेस युनियन लगायतका १५ संगठनको आवद्धतामा ट्रेड युनियन काँग्रेस गठन गरिएको हो।

Loading...