प्रदेश बनाउने अभियानमा लाग्न मुख्यमन्त्री शाहको आह्वान

बझाङ- सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले प्रदेश बनाउने अभियानमा लाग्न आग्रह गरेका छन्। मुख्यमन्त्री शाहले लोकतन्त्र, गणतन्त्र र संघीयता संरक्षण गर्न सबै एकै ठाउँमा लाग्नुपर्ने पनि बताए। उनले कर्मचारी र जनप्रतिनिधिका क्रियाकलापका कारणले मुलुक कमजोर हुने अवस्था आउन दिन नहुने बताए।

उनले भने, ‘प्रदेश सरकारलाई पूर्णता दिई प्रदेश लोकसेवालाई समेत छिटोछरितो बनाई कर्मचारी पदपूर्तिको कुरामा मेरो ध्यान गएको छ।’
बझाङ जिल्ला जलस्रोत, जडिबुटी, कृषि र पर्यटनका लागि सम्भावना भएको जिल्ला भएकाले ठोस नीति र कार्यक्रम बनाएर अघि बढ्ने स्थानीय तहबाट महत्त्वपूर्ण योजना छनोट गरी पठाउन समेत मुख्यमन्त्री शाहले आग्रह गरेका छन्।

Navadurga sun

योजनामा कुनै बिचौलिया र दलाल सक्रिय भएको खण्डमा त्यसलाई रोक्नुपर्ने र त्यसलाई कानुनी दायरामा ल्याउने बताए। भेटघाट कार्यक्रममा कार्यालय प्रमुखहरूले कर्मचारी अभावका कारण काम गर्न अप्ठेरो परेको र बजे खर्च हुन नसकेको बताए।

मुख्यमन्त्री शाहले बझाङमा पुगेर ताक्लाकोट सडक लगायतका विभिन्न योजना अनुगमन गरेका छन्। मुख्यमन्त्रीसँगै सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारी, प्रदेश सभासदस्य पृथ्वीबहादुर सिंह, बाजुराबाट प्रदेश ९ख०का प्रदेश सभासदस्य पदम शाही पनि बझाङ पुगेका छन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...