पित पत्रकारीता गरे पत्रकारलाई समाप्त गर्ने अभियान पनि हुनसक्छ : सभापति बलायर

धनगढी- नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति एवम् प्रतिनिधिसभा सांसद वीरबहादुर बलायरले पत्रकारका नाममा पित पत्रकारीता गरे पत्रकारलाई समाप्त गर्ने अभियान पनि हुनसक्ने बताएका छन् । कैलालीको अत्तरियामा शुक्रबार आयोजित प्रथम क्षेत्र नम्बर ४ प्रदेश (ख) समेलनमा बोल्दै उनले सो कुरा बताएका हुन ।

‘आज मेरो पार्टीका कार्यकर्तालाई बोल्न बाध्य गराउनु भयो भने मेरो पार्टीको कार्यकर्ताले कुन भाषा र शैलीमा तपाइहरुसंग सम्बाद गर्ने छन याद गर्नुहोला’ उनले भने ‘जे पायो वध गरेर मानिसको वध गरेर जनताको मत संग नसकेर पत्रकारका नाममा पित पत्रकारीता गरे पत्रकारलाई समाप्त गर्ने अभियान पनि हुनसक्छ ।’

Navadurga sun
Godawari sandesh

उनले पार्टीको अभियानलाई बलियो बनाउन सहयोग गर्ने पत्रकारलाई आफूहरुले पार्टीको कार्यकर्ताका रुपमा व्यवहार गर्ने बताए । ‘अर्का माथि जाइलाग्ने । कुनै अमुख पार्टीको सदस्य बन्ने । कुनै पार्टीको अभियानलाई बलियो बनाउने अभियानमा हिड्नु भयो भने पत्रकार होइन पार्टीको कार्यकर्ता सम्झने छौ’ उनले भने ‘पार्टीको कार्यकर्ता सम्झिदै गर्दा खेरी पार्टीको कार्यकर्ताको व्यवहार गर्ने छौ । याद गर्नुहोला, नोटिस गर्नुहोस् ।’

Dadeldhura hospital

उनले अत्तरियामा वीपी स्मृति भवन बनाउन लागिएको बताउँदै एक टेलिभिजनमा निकृष्ट कांग्रेसको भनिएकोमा आपत्ति जनाए । ‘हिजो एउटा टेलिभिजनमा निकृष्ट कांग्रेस भनेर भनिएको छ । यी शब्द त्यहाका प्रस्तोताले फिर्ता लिएनन् भने वाध्य हुने छु हटाउनका लागि ।

हटाउन लगाउनका लागि’ उनले भने ‘स्टुडियोमा बसेर धज्जी उडाउन सजिलो होला तर मेरो पार्टीको कार्यकर्ता संग सामना गर्न गाह्रो होला । अनुशासित पार्टी हो यो । अनुशासित कार्यकर्ता छन यहाँ तर जव पार्टीको अस्तित्व माथि प्रश्न उठाइन्छ । त्यो चुनौतिलाई स्वीकार गरिन्छ ।’
उनले चौकिडाँडा देखाएर वीपी स्मृति भवन प्रति धावा बोल्न नपाइने बताए ।

उनले सामाजिक संजालमा लेख्नेहरुले पनि त्यसको परिणामका बारेमा सोचेर लेख्नुपने बताए । ‘हिजो अत्तरियामा दादागिरी गरेर गुजारा मात्रै होइन शोषण गरेकाहरु फेरी सलबलाउन थाले भने कांग्रेसले पुरै क्षेत्र उतार्न नपरोस’ उनले भने ‘मजाक होइन सामाजिक संजालको भित्तामा लेखेर चित्त बुझाउनका लागि हो भने त ठिकै छ । त्यसको परिणाम पनि भोग्न सक्ने हिक्मत छ भने सोचरे लेख्नुस् ।’

उनले यहाँबाट पहाडतिर फोन गरेर कुुनै पार्टीका दलालहरुले पैसा उठाउँदै सुकुम्बासीलाई निम्तो दिइरहेको बताए । ‘सुकुम्बासीलाई भूमिको अधिकार छ तर, एउटा घर हुनेलाई अर्को घर दिने सम्भावना छैन’ उनले भने ‘सडकमा बस्नु उचित कुरा हुँदै होइन । हामी चाहन्छौ वास्तविक सुकुम्बासीको व्यपस्थित बसोबास होस । त्यसका लागि राज्यले डट्नु पर्छ ।’

Loading...