कैलारीबाट काठको गोलिया बरामद

धनगढी- कैलालीको कैलारी गाउँपालिकामा काठको गोलिया बरामद गरिएको छ। कैलारी गाउँपालिकाको वडा नम्बर २ रामपुरबाट इलाका प्रहरी कार्यालय हसुलियाले काठको गोलिया बरामद गरेको हो।

Dadeldhura hospital

बिहीबार इलाका प्रहरी कार्यालय हसुलियाका प्रहरी नायव निरिक्षक राजेन्द्रसिंह कार्कीको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले कैलारी–२ रामपुर गाँउमा सालको गोलिया खाल्डोमा लुकाएर राखिएको छ भन्ने विषेश सूचनाको आधारमा खोजतलास गर्दा काठ भेटिएको हो ।

Navadurga sun
Godawari sandesh

राजकुमार चौधरी, आईतवारी चौधरीको खेतमा खाल्डोखनि लुकाएर राखिएको अवस्थामा सालको विभिन्न साईजका ६ ओटा १२६ क्यु फिट फेला पारेको प्रहरीले जनाएको छ । गोलियालाइ रीतपुर्वक बरामद गरि आवश्यक कार्वाहीको लागि सब डिभिजन वन कार्यालय उदासीपुर कैलाली पठाईएको प्रहरीले बताएको छ ।

 

 

Loading...