कैलाली उद्योग वाणिज्य संघको आयोजना गरेको सम्मान र स्वागत कार्यक्रममा डिआइजी बोहराले गरे चार प्रतिबद्धता


धनगढी- सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी भरत बोहराले सुदूरपश्चिम प्रदेशमा शान्ति सुरक्षाका लागि चार प्रतिबद्धता गरेका छन् ।


कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको सम्मान र स्वागत कार्यक्रममा उनले चार प्रतिबद्धता गरेका हुन् । कैलाली र कञ्चनपुरको निरीक्षण पछि उनले सबै भन्दा ठुलो समस्या लागु औषध रहेको बताए । लागु औषध, गुण्डागर्दी र तस्करी नियन्त्रण तथा फरार अभियुक्त पक्राउ लाई तीव्रता दिइने उनले बताए ।



सुदूरपश्चिमका नागरिकहरूलाई अझै राम्रो सुरक्षाको व्यवस्था गर्ने डिआइजी बोहराले बताएका थिए । ‘शान्ति सुरक्षाको विषयमा हामी गम्भीर छौँ । हामी नागरिकको पनि कर्तव्य निर्वाह गर्नु पर्छ’ उनले भने, ‘तपाइ हामी मिलेर शान्ति सुरक्षा अझै मजबुन बनाउनु पर्छ । ’
कैलाली उद्योग वाणिज्य संघ का अध्यक्ष पुष्पराज कुवरले खादा र माला ओढाएर उनलाई सम्मान र स्वागत गरेका थिए । उनले व्यापारीहरूलाई पर्ने समस्यामा गम्भीर बन्न आग्रह गरेका थिए । अध्यक्ष कुवरले सिसी क्यामेरा जडान गरिएको भन्दै यसलाई अझै प्रभावकारी बनाउनु पर्ने बताए।
लागु औषध नियन्त्रणमा प्रहरीसँग उद्योगी व्यवसायी समन्वय गरेर अघि बढ्न तयार रहेको बताएका थिए । कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले डिआइजीको सफल कार्यकालको शुभकामना दिएका थिए ।