कैलालीमा बाँसको झाडीमा नवजात शिशु फेला

धनगढी- कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ रोला खोला किनारको बाँसको झाडीमा नवजात शिशु फेला परेको छ। बिहीवार खोला किनारको बाँसको झाडीमा फालिएको जिवित शिशु फेला परेको हो।

Dadeldhura hospital

एक हप्ता अगाडि जन्मिएको शिशुलाई झाडीमा फालेको अवस्थामा जिवतै शिशुको उद्दार गरिएको प्रहरीले जनाएको छ। वैदेशिक रोजगारमा श्रीमान गएको अवस्थामा घरमा बच्चा जन्माएकी महिलाले शिशु जन्मेको एक हप्तापछि खोलामा फालेको खुलेको कैलाली प्रहरीले जनाएको छ।

Navadurga sun
Godawari sandesh

शिशु फालेर फरार भएकी महिलालाई शान्ति पुनःस्थापना गृहको सहयोगमा महेन्द्रनगरबाट पक्राउ गरेर कैलाली ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए। शिशुको लम्कीको लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

Loading...