Satyawati
Division ban Pahalmanpur

कैलालीको गोदावरी-३ चौकिडाँडामा अवरुद्ध गरिएको सडक सुचारु

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. ३ चौकीडाँडामा अवरुद्ध गरिएको सडक सुचारु भएको छ । सोमबार डिभिजन वन कार्यालयले सो क्षेत्रमा सुकुम्बासीले वन र सडक अतिक्रमण गरेर निर्माण गरिएका टहरा भत्काएपछि उनीहरुले सो क्षेत्रमा अवरुद्ध गरिएको पुर्व पश्चिम राजमार्ग सुचारु भएको हो ।

Malpot office dadeldhura

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले केही बेर स्थानीयले सडक अवरुद्ध गरेपछि सम्झाई बुझाइ सुचारु गरिएको बताए ।

वादी समुदायको बसोबास रहेको सो क्षेत्रमा घर टहरा भत्काएपछी आफुहरुको विचल्ली भएको भन्दै उनीहरुले सडक अवरुद्ध गरेका थिए ।

वन कार्यालयले पहाडी क्षेत्रबाट ठूलो संख्यामा आएका सुकुम्बासीले पनि सो क्षेत्रमा वन अतिक्रमण गर्न थालेपछि सोमबार डोजर प्रयोग गरेर हटाएको थियो । वन कार्यालयले सो क्रममा पहिले देखी सो क्षेत्रको सडक किनारामा बस्दै आएका बादी समुदायका टहरा पनि भत्काएको थियो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...