कैलालीको चैतन्यपुर सडकको अवस्था निकै नाजुक

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाको चैतन्यपुरको सडकको अवस्था निकै नाजुक रहेको छ । लामो समयसम्म विभिन्न जनप्रतिनिधिहरुले सडकको अवलोकन र स्तारोत्रन्नतिको आश्वासन मात्र दिएका थिए ।

तर आजसम्म सडकको अवस्था जस्ताको त्यस्तै रहेको छ । विभिन्न समयमा उक्त सडकमा बिद्यार्थी बोक्ने गएका सवारी साधनहरु सडकमै धसिएर विद्यार्थी तथा स्थानियहरु सास्ति भोक्दै आई रहेका छन । स्थानियले हाम्रो मिडियासंग कुरा गर्दै नगर सरकारले कुनै किसिमको चासो नदिएको गुनासो स्थानियहरुले व्यक्त गरेका छन ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.