Satyawati
Division ban Pahalmanpur

अत्तरियाको धनगढी रोडमा चिकेन स्टेशन संचालनमा, नगरप्रमुख भट्टद्धारा उद्घाटन

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- कुखुराको मासुको पारखीका लागि गोदावरी नगरपालिका अत्तरियामा पहिलो पटक ‘चिकेन स्टेशन’ सञ्चालनमा आएको छ । गोदावरी नगरपालिका वडा नं १ अत्तरियाको ६ लेन सडक धनगढी रोड अत्तरिया चोक देखि १ किलोमिटरको दूरीमा उक्त “चिकेन स्टेशन“ सञ्चालनमा आएको हो ।

५५ लाखको लगानीमा सञ्चालनमा ल्याइएको उक्त ‘चिकेन स्टेशन’को सोमबार गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात् नगर प्रमुख विरेन्द्र भट्टले जुन उदेश्यले यस क्षेत्रमा नयाँ व्यवस्थापनका साथ फेमिली रेस्टुरेन्ट सहित “चिकेन स्टेशन“ सञ्चालनमा ल्याएको भन्दै सञ्चालकलाई धन्यबाद व्यक्त गरेका छन् ।

ब्यवसायीक सफलताको शुभकामना दिदै अत्तरिया क्षेत्रमा यस्ता रेष्टुरेन्टहरुको आवश्यक रहेको महसुस गरेका छन् । सञ्चालकहरुले सुरुवात गरिएको यो ब्यवसायमा सेवागत,व्यवहारिक तथा स्वास्थ्य जस्ता कुराहरूलाई व्यवस्थित गरेर लगेमा ब्यवसाय थप अगाडि बढ्न सक्ने बताए ।

उक्त चिकेन स्टेशन अत्तरियाका २ जना युवा व्यावशायीहरु मिलेर संचालनमा ल्याएका हुन । अत्तरिया मै रहेको एस क्याफे एण्ड लज का संचालक किसन भाट र कैनोडा ट्रेडर्स तथा अत्तरियामा आई एम ई सेवा उपलब्ध गराउँदै आएका सञ्चालक तारा दत्त जोशीले सन्चालनमा ल्याएका हुन ।

Malpot office dadeldhura

संचालक तारादत्त जोशी ले ५५ लाखको लगानीमा सन्चालनमा ल्याइएको चिकेन स्टेशनमाकुखुराको मासुका पारखीका लागि अत्तरियामा पहिलोपटक ‘फ्रेञ्चाइज आइटम’ परिकारहरु उपलब्ध हुने बताए । चिकेन स्टेशन काठमाडौंको फ्रेन्चचाइजी परिकारहरु ग्राहकहरुलाई उपभोग गराउनकासाथै यस क्षेत्रमा फेमिली रेस्टुरेन्ट प्रकारको “चिकेन स्टेशन“ संचालनमा ल्याएको बताए । उनले ५० देखि ६० जना सम्मको ग्राहकहरुले उक्त चिकेन स्टेशनमा स्वादिष्ट मासुका परिकारहरु उपभोग गर्न सकिने बताए ।

उक्त स्टेशनमा पिज्जा, बर्गरकासाथै चिकेन सम्बन्धीका सम्पुणर् परिकारहरु पाईनुका साथै अन्य विभिन्न चाईनिज तथा ईन्डियन परिकारहरु समेत उपलब्ध गराइएको बताए । उनले स्थानीय क्षेत्रमा सुविधा सम्पन्न फेमिली रेस्टुरेन्ट नभएको कारण यस क्षेत्रका मानिसहरू सधैं १५/२० किलोमीटर टाढा जाने साथै बिदाको समयमा आफ्ना बालबालिकाहरूलाई खाना नास्ताको लागि उचित ठाउँको गन्तब्य नहुने वातावरण भएकोले उक्त सुविधा दिन चिकेन स्टेशन सञ्चालन ल्याइएको बताए । उनले आगामी दिनमा चिकेन स्टेशनलाई अझै थप सेवा सुविधा विस्तार गर्ने योजना रहेको समेत बताए ।

अर्का संचालक किसान भाटले स्थानियलाई पारिवारीक वातावरण,उचित पार्किंग सहित शान्त ठाउमा खाजा नास्ताको व्यवस्था गर्ने लक्ष्य सहित उक्त स्टेशन सञ्चालनमा ल्याएको बताए । अत्तरिया क्षेत्रमै पहिलो पटक पिज्जा, बर्गर पनि उपलब्ध गरिने भएकाले टाढा जानुपर्ने बाध्यता अन्त्य भएको बताए । अत्तरिया क्षेत्रमा अर्डर अनुसार डेलिभरीको समेत सुविधा रहने उनको भनाई छ ।

साथै उक्त चिकेन स्टेशनमा ३० वटाभन्दा बढी प्रकारका कुखुराको परिकारहरु पाइने सञ्चालक भाट बताए । सञ्चालनमा आएको चिकेन स्टेशनको उद्घाटनमा अवलोकन गर्न आएका स्थानिय सुबास कार्कीले यस्ता खाले फेमिली रेष्टुरेन्टहरुको संचालनमा आउनु एकदमै आवश्यक रहेको बताए । हाम्रो अत्तरिया क्षेत्र हेर्दा सानो छ तर अत्तरिया क्षेत्रमा चारै ठाउँ जोड्ने चौराहा भएको हुँदा हरेक ठाउँका मानिसहरू यही बाटो भएर आवतजावत गर्ने भएकाले यो उपयुक्त स्थान भएको बताए ।

मानिसहरूलाई स्वच्छ, शान्त वातावरणमा स्वादिष्ट परिकारहरुको खाना,खाजा-नास्ता खान रेष्टुरेन्टको आवश्यकतालाई परिपूर्ति सञ्चालकले गरेको कार्य एकदमै राम्रो भएको उनले बताए । दिनभरि काम गरेर थाकेका मानिसहरू र घर परिवार सहित पारिवारिक वातावरणमा बस्न, खानाको लागि छुट्टै आनन्द र उपयुक्त ठाउँ रहेको बताए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...