अत्तरियामा अतिक्रमित वन क्षेत्र खाली गरियो, पिडीत भन्छन नापीकार्य भइसक्यो

अत्तरिया, १८ बैशाख– कैलालीको अत्तरियामा अतिक्रमित वन क्षेत्र खाली गरिएको छ । गोदावरी नगरपालिका अत्तरियास्थित चौकीडाडामा वन र सडक क्षेत्र अतिक्रमण गरे निर्माण गरिएका करिब दुई दर्जन घर टहरा वन कार्यालयले खाली गरेको हो । दुईवटा डोजरको सहायताले अतिक्रमित सबै घरटहरा खाली गरिएको छ ।

तीन वर्षदेखि जंगल किनारमा टहर निर्माण गरेर बस्दै आएकाहरुका घर टहरा भत्काएर पुरै क्षेत्र खाली गरिएको डिभिजन वन कार्यालय धनगढीले बताएको छ ।

Bhancha ghar0

वन डिभिजन कार्यालय, स्थानीय तह र स्थानीयसँगको सहकार्यमा अतिक्रमित वन क्षेत्र खाली गर्ने काम अहिले पनि जारी छ । अतिक्रमित वन क्षेत्र खाली गर्न वन सुरक्षाकर्मी तथा नेपाल प्रहरी सहित ठुलो संख्या सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

सडक किनारमा वन क्षेत्रको जमिन ओगटेर घर टहरा निर्माण गरी बस्दै आएकाहरुले विरोध गरे पनि डिभिजन वन कार्यालयले अतिक्रमित क्षेत्र खाली गराउन डोजर चलाएको हो । सो क्षेत्रमा अधिकांश दलित समुदायको बसोबास थियो ।

भूमि नभएकालाई भूमिको व्यवस्था गरिदिनुपर्ने भन्दै उनीहरुले महेन्द्र राजमार्गको सडक किनारमा तीन वर्ष अघि नै बस्ती बसालेका थिए । उक्त क्षेत्रका केही घरपरिवारको जमिन नापिकार्य भै सकेको स्थानीय पिडीत बीर बहादुर सुनारले बताए ।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.