दुर्गालक्ष्मी क्याम्पस बि.एड. आठौ सेमेस्टरको अभ्यास शिक्षण अभिमुखिकण कार्यक्रम सम्पन्न

अत्तरिया- कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस बि.एड. आठौ सेमेस्टरको अभ्यास शिक्षण अभिमुखिकण कार्यक्रम सम्पन्न भएको छ ।

अभ्यास शिक्षण प्रमुख बिष्णु महराको संयोजकत्वमा भएको अभिमुखिकरण कार्यक्रममा क्याम्पस प्रमुख डाक्टर डम्बर बहादुर पाल प्रमुख अथिती रहनु भएको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

अभ्यास शिक्षण सदस्य तथा दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसका उप- प्राध्यापक हरिकृष्ण कडायत, डा. बिष्णु बहादुर कडायत, माला भन्डारी, राम बहादुर मौनि, दल बहादुर साउद, हर्क बहादुर साउद तथा प्राध्यापक संघ इकाई सभापति जनक राज जोशीले छात्र शिक्षकहरुलाई अभिमुखीकरण गरेका थिए । अभ्यास शिक्षण गर्न जादा छात्र शिक्षकले गर्नु पर्ने तयारीका बारेमा अभिमुखीकरण गराइएको हो ।

कक्षा कोठामा हुँदा छात्र शिक्षकले कसरी प्रभावकारी शिक्षण गर्न सक्छ ? कसरी गुणस्तरीय शिक्षामा जोड दिन सकिन्छ ? एउटा असल शिक्षक हुन के के गर्नु पर्छ ? बिद्यार्थी माझ कसरी प्रस्तुत हुने ? असल शिक्षक बन्न के के हुनु पर्छ ? भन्ने बारेमा अभिमुखीकरण गराइएको थियो ।

क्याम्पस प्रमुख डा. पालले छात्र शिक्षकहरुलाई अनुशाशीत, इमानदारी, निष्ठापूर्वक तरिकाले खटाएको बिद्यालयमा गएर अभ्यास शिक्षण गर्न आग्रह समेत गरेका छन् ।

Loading...